नेपालबाटै टिकटकको अकाउन्ट भेरिफिकेसन

शुक्रबार, ०७ जेठ २०७८, १४ : ४५

काठमाडौं,  आजदेखि नेपालबाटै टिकटकको अकाउन्ट भेरिफिकेसनको काम सुरू भएको छ । 

यसका लागि रिलिज नेपाल प्रालिले भेरिफिकेसनको काम सुरू गरेको छ । यो कम्पनी टिकटकको नेपालका लागि कन्टेन्ट पार्टनर कम्पनी हो ।

अब यसबाट भेरिफाई भएका टिकटक मोनिटाइज समेत हुने उल्लेख छ । मोनिटाइज भएका अकाउन्टमा राखिएको कन्टेन्टमा विज्ञापन आउने र त्यसवापत सम्बन्धित टिकटकका अकाउन्ट सञ्चालकले रकम पाउने छन् ।

यसका लागि सबैभन्दा पहिले रिलिज नेपालको वेबसाइटमा जानुपर्छ । त्यसपछि टिकटक प्रोफाइल भेरिफाई गर्न ‘अप्लाई नाउ’ बटन क्लिक गर्नुहोस् ।

त्यसपछि वेबसाइटमा राखिएको गुगल डक्स फाराम भर्नुपर्छ । त्यहाँ आफ्नो ईमेल, नाम, ठेगाना, फोन नम्बर, टिककट आईडी, फोटो लगायतका विवरण भर्नुपर्ने हुन्छ।

फाराम भरेको ४५ देखि ६० दिनभित्र अकाउन्ट भेरिफाई हुने बताइएको छ ।

भेरिफिकेसन भएको अकाउन्ट ह्याक हुने र कन्टेन्ट हट्ने लगायतका समस्या पनि नहुने रिलिज नेपालको भनाइ छ ।

हालसम्म नेपालको टिकटकमा विज्ञापन देखिने गरेको छैन ।  यसअघि भारतबाट टिकटक भेरिफिकेसन हुँदै आएकोमा अब नेपाली कम्पनीबाटै भेरिफिकेसनको काम हुने भएको हो ।

शुक्रबार, ०७ जेठ २०७८, १४ : ४५

प्रतिक्रिया