आइतवार सुनको मूल्य उकालो लागेको छ । शुक्रवारको तुलनामा आज सुनको भाउ ३०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार प्रतितोला ९३ हजार ३०० मा कारोबार भएको सुन आइतवार प्रतितोला ९३ हजार ६०० मा कारोबार भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार १०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला ९२ हजार ८०० मा कारोबार भएको थियो ।
यस्तै, आइतवार चाँदीको मूल्य भने घटेको छ । शुक्रवार प्रतितोला १ हजार ३५० मा कारोबार भएको चाँदी आज १ हजार ३४५ खरीदविक्री भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी ५ ले घटेको छ ।
प्रतिक्रिया