काठमाडौं, त्रिभुवन विश्वविद्यालयले जेठ २० सम्म स्नातक प्रथम वर्षको परीक्षा आवेदन दिने समय थप गरेको छ ।
सरकारले साउनभित्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएसँगै त्रिविले परीक्षा आवेदन भर्न छुटाएका विद्यार्थीका लागि समय थप गरेको हो ।
यसका लागि अनलाइनबाटै विद्यार्थीहरुले फारम बुझाउन सक्नेछन् । अनलाइन फारम त्रिवि पनिकाको वेबसाइटमा ‘अनलाइन फर्म’ मा क्लिक गरी प्राप्त निर्देशन अनुसार भर्न सकिनेछ ।
जेठ २४ पछि सात दिनका लागि वेबसाइट बन्द गरिनेछ र असार १ देखि ७ गतेसम्म दोब्बर दस्तुर बुझाई फारम भर्न सकिनेछ ।
प्रतिक्रिया