१० महिनामा करिब ३२ अर्ब रुपैंयाको मोबाइल आयात

सोमबार, १० जेठ २०७८, १७ : १३

काठमाडौं, चालू आर्थिक बर्ष २०७७/७८ को सुरुवाती १० महिनामा अर्थात बैशाखसम्ममात्रै करिब ३२ अर्ब रुपैंयाको मोबाइल आयात भएको छ । दश महिनाको अवधिमा आयात भएकोमध्ये यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

भन्सार विभागका अनुसार बैशाखसम्म नेपालले ६३ लाख ५५ हजार २३४ थान मोबाइल आयात गरेको छ । यस अवधिमा मोबाइल आयातबापत बाट मात्रै सरकारले पाँच अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नेपालले मुख्यगरी चीन, भारत, भियतनाम लगायतका एक दर्जन मुलुकबाट मोबाइल आयात गर्दै आएको छ ।

सोमबार, १० जेठ २०७८, १७ : १३

प्रतिक्रिया