रियलमीद्वारा ‘स्न्यापड्रागन ७७८ ५जी’ स्मार्टफोनको घोषणा

मंगलबार, ११ जेठ २०७८, ०८ : १३

विश्वमा तीव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन ब्राण्ड रियलमीले ‘स्न्यापड्रागन ७७८ ५जी’ स्मार्टफोन चांडै ल्याउने घोषणा गरेको छ । फल्याागसिप ‘रियलमी जीटी’ अन्तर्गत चाँडै एण्ड्रोइड बेटा १ अपडेट ल्याउने घोषणा कम्पनीले गरेको हो ।

रियलमी जीटीमा एण्ड्रोइड १२ बेटा १ अपडेट आउंदै

एण्ड्रोइड १२ बेटा १ संस्करण अपडेट पाउने रियलमी जीटी पहिलो स्मार्टफोन हुनेछ । अघिल्लो वर्ष कम्पनीकोे ‘रियलमी एक्स ५० प्रो’ ‘एण्ड्रोइड ११ बेटा १’ संस्करणकोे अपडेट पाउने पहिलो स्मार्टफोन थियो । रियलमीले गुगलसँग निकटतम् सहकार्य गरेर डेभलपरहरु मार्फत एण्ड्रोइड ११ बेटा १ संस्करणमा आधारित रियलमी युआई २ मा प्रयोगकर्ता प्रतिक्रिया सङ्कलन गरिरहेको छ । कम्पनीले युआई ३ सार्वजनिक गर्नु पूर्व प्रयोगकर्ताको प्रतिक्रिया सुन्न यो वर्ष पश्चात् आफ्ना एण्ड्रोइड १२ डेभलपर पूर्वावलोकन कार्यक्रम राख्ने जनाएको छ ।

यस साल २०२१ को पहिलो फल्यागसिप स्मार्टफोन रियलमी जीटीमा एसडीएम ८८८, नयाँ जेनेरेसन कुलिङ सिस्टम, १२०हर्ज एमोलेड डिस्प्ले, ६५वाट सुपरडार्ट चार्जिङ र ४५०० एमएएच ब्याट्री समायोजन गरि निर्माण गरिएको हो । यसको उत्कर्ष प्रदर्शनले प्रयोगकर्तालाई एण्ड्रोइड १२ बेटा १ को झनै बढी मज्जाको अनुभूति दिलाउँछ ।

स्न्यापड्रागन ७७८जी ५जी रियलमी स्मार्टफोन

रियलमीले क्वालकमसँग नजिकको सहकार्य गरेर आफ्नो पछिल्लो उत्पादनमा प्रयोगकर्ता माझ नयाँ प्रविधि ल्याउन अघि परेको छ । यस वर्षको शुरुमा सार्वजनिक एसडीएम ८८८ द्वारा सुसज्जित पहिलो स्मार्टफोन रियलमी जीटी थियो । रियमलीले आगामी मोडेल साङ्केतिक नाम ‘क्विक सिल्भर’मा काम गरिरहेको छ ।

स्न्यापड्रागन ७७८जी ५जीको मोबाइल प्लेटफर्म ६ एनएम चिप सहित क्वालकम कृयो ६७० सिपियुमा आधारित रहेकोछ । उत्कृष्ट ऊर्जा दक्षताका साथ यसले ४० प्रतिशत प्रदर्शनमा सुधार गर्ने विश्वास कम्पनीको छ । यसको एड्रेनो ६४२ एल जीपीयु ग्राफिक्स रेनडरिङ्ग गति अघिल्लो जेनेरेसनको भन्दा ४० प्रतिशत तिव्र छ । जीटी मोड र नयाँ कुलिङ सिस्टमको साथमा रियलमीले आउँदो उपकरणमा अग्रिम प्रदर्शन ल्याउनेछ ।

“रियलमीले क्वालकमसँग सहकार्य गरेर बहुचर्चित स्मार्टफोनहरु उत्पादन गरेको छ । स्न्यापड्रागन ७७८ जी ५जी मोबाइल प्लैटफर्म गेमिङका लागि समेत उत्कृष्ट प्रदर्शन दिन योग्य छ । रियलमीको नयाँ स्मार्टफोन ७७८ ५जी मोबाइल प्लैटफर्ममा आधारित पहिलो फोन हुनेछ । । रियलमीले युवापुस्तालाई विशेष प्राथमिकतामा राखि उत्कृष्ट प्रदर्शनका साथ ५जी स्मार्टफोनहरु उत्पादनका लागि निरन्तरता दिनेछ,” कम्पनीका उपाध्यक्ष समेत रहेको ग्लोबल मार्केटिङ अध्यक्ष चेस चुले बताए ।

कम्पनीको बारेमा 

रियलमी अत्याधुनिक आर्टिफिसियल टेक्नोलोजीेको क्षेत्रमा नयाँ ट्रेन्डका रुपमा उदाएको लोकप्रिय ब्राण्ड हो । जसले उच्च क्वालिटीका मोबाइल फोनहरुको उत्पादन गरिरहेको छ । यस कम्पनीले विश्वमा टेक्नोलोजीप्रति चाँसो राख्ने युवाहरुलाई लक्षित गरि ‘चुनौतीदेखि उन्नतिसम्म’को नाराका साथ व्यापक विकास गर्दै जाने लक्ष्य लिएको छ । कम्पनीले आफ्ना नयाँ पछिल्ला उत्पादनहरुलाई आधुनिक टेक्नोलोजी र थप फिचर्सको प्रयोग गरी स्मार्टफोन प्रयोगकर्ताहरु सम्म पु¥याउने बताएको छ । २०१८ मे ४ देखि यसका संस्थापक स्काई लिले रियलमी फोनको उद्योग स्थापना गरेका थिए । रियलमी २०२० मा संसारका उत्कृष्ट ५० स्मार्टफोनमध्ये ७ औँ नम्बरमा परेको थियो । हालसम्म यसका प्रयोगकर्ता ७ करोड नाघेका छन् । कम्पनीका चीन, भारत, दक्षिण एसिया, युरोप, रसिया, अफ्रिका लगायतका देशगरी ६० वटा ठूला बजार रहेका छन् ।


 

मंगलबार, ११ जेठ २०७८, ०८ : १३

प्रतिक्रिया