सामसङले ग्यालेक्सीले ६ हजार एमएएच ब्याट्री भएको ग्यालेक्सी एम ३२ ल्याउन लागेको छ ।
माेडल नम्बर एसएम-ए३२५एफभी/डीएस (SM-M325FV/DS) मा आउने यो फोनले हालै वाईफाई एलायन्स सर्टिफिकेशन प्राप्त गरेको छ । यसअन्तर्गत एम३२ डुअल ब्याण्ड वाईफाई (२ गिगाहर्ज र ५ गिगाहर्ज फ्रिक्वेन्सी) सहित आउने भएकाे छ ।
सो विवरणमा फोनबारे अधिक फिचर खुलाइएको छैन । विभिन्न स्रोतले यसमा एन्ड्राेइड ११, ६.४ इन्चको एमोलेड डिस्प्ले र ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ६ जीबी र्याम रहने उल्लेख गरेका छन् ।
कम्पनीले एम सिरिजका फोन मिडरेञ्ज सेगमेन्टमा उपलब्ध गराउँदै आएको छ । विश्लेषकरूले यो फोन पनि फरक डिजाइन र सस्तो मूल्यमा उपलब्ध हुने अनुमान गरेका छन् । –टेकपाना
प्रतिक्रिया