काठमाडौं। नेपालमा फोरजी प्रयोगकर्ताको कुल संख्या ७६ लाख नाघेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआइएस प्रतिवेदनअनुसार नेपालमा फागुनसम्ममा फोरजी प्रयोगकर्ताको कुल संख्या ७६ लाख ६८ हजार १८१ पुगेको छ।
यस्तै, फागुनमा एनसेलका फोरजी प्रयोगकर्ता ४८ लाख ५६ हजार ७४२ पुगेको छ। माघमा एनसेलको फोरजी प्रयोगकर्ता ४३ लाख २५ हजार ९३६ थियो। एनसेलले एक महिनाको अवधिमा पाँच लाख ३० हजार ८०६ फोरजी प्रयोगकर्ता थपेको छ।
नेपाल टेलिकमले भने उक्त अवधिमा ४४ हजार ५७० फोरजी प्रयोगकर्ता थपेको प्राधिकरणले जनाएको छ। फागुनमा टेलिकमसँग २५ लाख ८९ हजार २९४ फोरजी प्रयोगकर्ता छन्। माघमा यो संख्या २५ लाख ४४ हजार ७२४ थियो।
यसैगरी। स्मार्ट टेलिकमले भने एक हजार फोरजी प्रयोगकर्ता थपेको छ। स्मार्टसँग फागुनसम्म दुई लाख २३ हजार १४५ फोरजी प्रयोगकर्ता रहेको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया