फिल्म ‘शुभलभ’ का नायक तथा युवा ज्योतिष हरिहर अधिकारीलाई पितृशोक परेको छ । उनका पिता रामबहादुर अधिकारीको कोरोनाका कारण सोमबार निधन भएको हो ।
करिब तीन सातादेखि कोरोनासँग संघर्षरत रामबहादुरको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा निधन भएको हो । कीर्तिपुर निवासी हरिहरको पुरै परिवार कोरोना संक्रमित भएका थिए । रामबहादुर पनि ज्योतिष विधामै सक्रिय थिए ।
यस्तै कमेडीयन आदर्श मिश्रका पिता विनोद मिश्रको मृत्यु भएको छ । मिश्र मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो।
लामो समयदेखि मिर्गौलाको बिरामी रहेका उनको समयमै डायलसिस गराउन नपाउँदा मिश्रको मृत्यु भएको हो । आदर्शले मंगलबार बिहान अस्पतालबाटै ट्विट गरेका थिए, ‘मेरो ममीको दिदी भारतीय भएकै कारण मेरो बुबाको ट्रान्सप्लान्ट हुन नदिने नेपाल सरकारविरुद्ध म मुद्दा लड्न चाहन्छु।’
प्रतिक्रिया