काठमाडौं, बैशाख महिनामा मात्रै १ अर्ब ७५ करोड रुपैयाँभन्दा धेरैको सुन आयात भएको छ । चैतसम्ममा १९ अर्ब ३१ करोड ६ लाख रुपैयाँको सुन आयात भएकोमा बैशाखमा यस्तो आयात १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँले बढेको छ।
भन्सार विभाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिनामा २१ अर्ब रुपैयाँभन्दा धेरैको सुन आयात भएको छ। चालु आर्थिक वर्षको बैशाख मशान्तसम्ममा कुल २१ अर्ब करोड ८३ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ।
दश महिनामा कुल ३० लाख १८ हजार ग्राम सुन नेपाल भित्रिएको छ। यसबाट सरकारले २ अर्ब ५ करोड ५३ लाख रुपैयाँ राजस्व उठाएको छ। गत आवको तुलनामा यस अवधिमा सुनको आयात गत वर्षभन्दा ५७ प्रतिशतले बढेको भन्सार विभागको तथ्याङ्ले देखाउँछ।
प्रतिक्रिया