१० महिनामा ५ अर्ब बढीको चाँदी आयात, वैशाखमा कति ?

मंगलबार, ११ जेठ २०७८, १७ : २२

काठमाडौं, चालु आर्थिक वर्षको बैशाख मसान्तसममा ५ अर्ब भन्दा धेरैको चाँदी नेपाल भित्रिएको छ। भन्सार विभागको तथ्याङ्कले अनुसार बैशाख मसान्तसममा कुल ५ अर्ब ६९ करोड ४८ लाख रुपैयाँको ५ करोड ६९ लाख ८६ हजार ग्राम चाँदी भित्रिएको हो। यसबाट सरकारले कुल ४८ करोड राजस्व उठाएको छ।

गत वर्षको यसै अवधिमा कुल ५ अर्ब ९३ करोड रुपैयाँ बराबरको चाँदी भित्रिएको थियो ।

यस्तै, बैशाख महिनामा मात्रै १ अर्ब ४४ करोड ३ लाख रुपैयाँको चाँदी नेपाल भित्रिएको  विभागको तथ्याङ्कले देखाउँछ। चैतसम्ममा ४ अर्ब २५ करोड ४५ लाखको चाँदी आयात भएकोमा बैशाखमा यस्तो रकम झण्डै साढे ५ अर्ब पुगेको छ।
 

मंगलबार, ११ जेठ २०७८, १७ : २२

प्रतिक्रिया