अन्तर्राष्ट्रिय उडान नहुँदा करार अवधि सकिएका हजारौं नेपाली कामदार अलपत्र परेको भन्दै उडान खोल्न माग

बुधबार, १२ जेठ २०७८, ०७ : ५०

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तर्राष्ट्रिय उडान सुचारु गर्न नेपाल सरकारसँग माग गरेको छ । 

नियमित अन्तर्राष्ट्रिय उडान स्थगन हुँदा खाडीसहित मध्यपूर्वका देशमा करार अवधि सकिएका हजारौं नेपाली कामदार अलपत्र परेको र अत्यावश्यक कामका लागि नेपाल आउनु पर्ने गैरआवासीय नेपाली समस्यामा परेको भन्दै संघले अविलम्ब अन्तर्राष्ट्रिय उडान शुरु गर्न माग गरेको हो ।

पछिल्लो समय नेपालबाट भारतीयसहित विदेशीले अन्तर्राष्ट्रिय यात्राका लागि नेपालबाट सुविधा पाएपनि नेपाली भने उडानको सहज व्यवस्था नपाएको भन्दै संघले मंगलबार विज्ञप्ति मार्फत भने नेपाली नागरिकलाई पहिलो प्राथमिकतामा राखी उडान सूचारु गर्न आग्रह गरेको छ ।

नेपालमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको महामारी फैलिएपछि सरकारले गत वैशाख २३ गते मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान रोकेको छ । त्यसयता अन्य प्रायोजनले विदेश गएकासहित वैदेशिक रोजगारमा गएका नेपालीहरु स्वदेश फर्किन पाएका छैनन् ।

बुधबार, १२ जेठ २०७८, ०७ : ५०

प्रतिक्रिया