कालिमाटीमा भिड कम गर्न जोरबिजोर प्रणाली लागू

बुधबार, १२ जेठ २०७८, १० : ०९

काठमाडौं – काठमाडौंको मुख्य थोक बजार कालिमाटीमा भिड कम गर्न जोरबिजोर प्रणाली लागू भएको छ । निषेधाज्ञाको समयमा पनि बजारमा भिड कम नभए पछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ढुवानीका गाडीमा जोर बिजोर प्रणाली लागू गरेको हो । 

बजारमा हुने भिड रोक्न तरकारी लिन जाने गाडीमा जोरबिजोर प्रणाली लागू गरेको समितिले जनाएको छ । समितिका अनुसार जोर बारमा जोर नम्बरका गाडी र बिजोर बार बिजोर नम्बरका गाडी चल्ने छ । यो नियम तरकारी लिन जाने जाने गाडीमा मात्र लागू हुनेछ । तरकारी लिएर थोक बजार पुग्ने गाडीमा भने यो नियम लागू हुने छ ।

यस्तै, तरकारी लिन जाने गाडी बिहान ८ बजे भित्र पुगिसक्नु पर्ने नियम बनाएको पनि जनइएको छ । कालिमाटीको थोक तरकारी बजार राति १ बजेदेखि बिहान ९ बजेसम्म खुला रहने छ । थोक बजारमा अहिले झण्डै चार सय जना व्यापारीले व्यापार गर्दै आएका छन् । 

यस्तै अहिले दैनिक साढे ५ सय टनको हाराहारीमा तरकारी भित्रिरहेकाले तरकारीको अभाव नहुने पनि समितिले जनाएको छ ।


 

बुधबार, १२ जेठ २०७८, १० : ०९

प्रतिक्रिया