काठमाडौंमा फेरि बर्ड फ्लु सङ्क्रमणको पुष्टि

बुधबार, १२ जेठ २०७८, १५ : ०७

काठमाडौं – काठमाडौंमा फेरि बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको हो । 

बर्ड फ्लु सङ्क्रमण पुष्टि भएसँगै त्यस क्षेत्रमा टर्की नस्ट गर्न बिहानैदेखि टोली खटाइएको पशु सेवा विभागले जनाएको छ । अस्वाभाविक रूपमा टर्की मर्न थालेको सूचना पाएलगत्तै नमुना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा आरटी पीसीआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको विभागले जनाएको छ । 

व्यावसायिक प्रयोजनका लागि किसानले फर्ममा पालेको टर्कीमा बर्ड फ्लु पुष्टि भएको हो । पक्षी नष्ट र निःसङ्क्रमण विधि सकिएपछि बेलुकासम्ममा विवरण सार्वजनिक गर्ने तयारी भइरहेको पनि विभागले जनाएको छ ।

बुधबार, १२ जेठ २०७८, १५ : ०७

प्रतिक्रिया