अनलाइन तथा भर्चूअल माध्यमको प्रयोग बढ्यो, ६३ लाख डेटा प्रयोगकर्ता पुगे

बुधबार, १२ जेठ २०७८, १९ : २०

काठमाडौं– नेपालमा दुई करोड ६३ लाख ब्रोडव्यान्ड डेटा प्रयोगकर्ता पुगेका छन् । कोरोना भाइरसका कारण अधिकांश गतिविधि अनलाइन तथा भर्चूअल माध्यमबाट हुन थालेपछि डेटा प्रयोगकर्ताको संङ्ख्या ह्वातै बढ्न थालेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्ट अनुसार नेपालका मोबाइल सेवा प्रदायक तथा इन्टरनेट सेवाप्रदायकले यो सङ्ख्यामा इन्टरनेट प्रयोगकर्ता पुर्याएका हन् ।

पछिल्लो समय चौथो पुस्ताको फोरजी र फाइबर टु दी होम (एफटीटीएच) सेवामा सेवाप्रदायकको बढी आकर्षण रहेको छ । तथ्याङ्क अनुसार हाल नेपालमा दुई करोड ६३ लाख ५६ हजार जनसङ्ख्यामा ब्रोडव्यान्ड इन्टरनेटको पहुँच पुगेको छ ।

मोबाइल ब्रोडव्यान्ड तर्फ नेपालका तीन ठूला भ्वाइस सेवाप्रदायक कम्पनी रहेका छन भने फिक्सड् इन्टरनेट तर्फ २० भन्दा बढी कम्पनीले एफटीटीएच सेवा मार्फत घर घरमाा इन्टरनेट डेटा पुर्र्याइरहेका छन् ।

जस अनुसार अहिल एफटीटीएच तर्फ ५९ लाख ४२ हजार ६४ जना प्रयोगकर्ता रहेका छन् । त्यस्तै नेपाल टेलिकमको एडीएसएल सेवा तर्फ ८ लाख १२ हजार सेवाग्राही रहेको तथ्याङ्कमा उल्लेख छ ।

एफटीटीएच इन्टरनेटमा भने नेपाल टेलिकम र इन्टरनेट सेवा प्रदायकले आक्रामक रुपमा सेवा विस्तारसँगै प्रयोगकर्तासमेत बढाइरहेका छन् । झन,कारोना महामारीका कारण एफटीटीएच नै सेवाग्राहीको रोजाइमा रहेको सेवाप्रदायक कम्पनीहरु बताउदै आएका छन् ।

अहिले पनि नेपालमा अफिसियल प्रयोगका लागी मोबाइल डेटा भन्दा एफटीटीएच फिक्सड इन्टरनेट नै प्रभावकारी र सस्तो रहदै आएको छ ।

त्यसै गरी उपत्यकामा एफटीटीएचको बढी प्रयोग भएपनि ग्रामिण भेग तथा फिक्सड् इन्टरनेटको पहुँच नपुगेका ठाँउमा नेपालका दुई ठूला मोबाइल सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले मोबाइल ब्रोडव्यान्ड सेवा दिइरहेका छन् । 

मोबाइल ब्रोडव्यान्ड तर्फ अहिले थ्रिजी र फोरजी प्रभावकारी रुपमा सेवा उपलब्ध भइरहेको छ ।

पछिल्लो समय फोरजीमा प्रयोगकर्ताको बढी अकर्षण भए पनि अधिकांश ठाउमा थ्रिजी प्रयोगकर्ता नै बढी रहेको तथ्याङ्कले देखाउँछ ।

नेपालमा अहिले थ्रिजीको पहुँच एक करोड १५ लाख ६५ हजार जनसङ्ख्यामा रहेको छ भने फोरजी तर्फ ७६ लाख ६८ हजार प्रयोगकर्ता रहेका छन् ।

एफटीटीएच तर्फ अहिले २२ प्रतिशत, मोबाइल ब्रोडव्यान्ड तर्फ ६४ प्रतिशतको पहुँचमा डेटा इन्टरनेट पुगेको छ । हालसम्म नेपालमा ८७ प्रतिशत जनसङ्ख्या ब्रोडव्यान्ड इन्टरनेट पुगेको छ ।

कोरोना महामारी बीच अर्थात एक बर्षमै नेपालमा ४५ लाख डेटा प्रयोगकर्ता बढेको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

बुधबार, १२ जेठ २०७८, १९ : २०

प्रतिक्रिया