रोजगार गुमाएर अलपत्र परेका ४२ हजार बढि नेपाली साउदीबाट स्वदेश फर्किए, हजारौँ पर्खाइमा

विहीबार, १३ जेठ २०७८, ०७ : २२

काठमाडौं - साउदीमा कोरोना भाइरस र अन्य कारणले रोजगार गुमाएर अलपत्र परेका ४२ हजार ३ सय ६ जना नेपाली चार्टड उडानमार्फत स्वदेश फिर्ता भएका छन् । 

नेपाल सरकारले कोरोना संक्रमणको मध्यनजर गर्दै अनिश्चितकालीन उडान बन्द गरे लगत्तै स्वदेश फिर्ताका लागि हजारौँ नेपाली पर्खाइमा रहेका छन् । 

साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने ७ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । 

४ लाख ४६ हजार ९० जना निको भएका छन् । 

विहीबार, १३ जेठ २०७८, ०७ : २२

प्रतिक्रिया