काठमाडौं - वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरूको प्रमुख गन्तव्यका रुपमा रहेको साउदी अरबले श्रमिकहरूका लागि नयाँ नियम ल्याएको छ ।
विदेशी नागरिकको हकमा लागू हुने गरी साउदी सरकारले गत सोमबार मे २४ तारिखदेखि नयाँ नियम ल्याएको हो । साउदी सरकारको सम्बन्धित निकाय नागरिक उड्डयन प्राधिकरणले साउदी अरब प्रवेश गर्दा पालना गर्नुपर्ने नयाँ नियमहरू जारी गरेको छ ।
यदि कसैले साउदी सरकारले जारी गरेको एकान्तवास तथा क्वारेन्टाइन सम्बन्धी नियमको उल्लंघन गरेमा निजलाई पुनः साउदीमा आउन नपाउने गरी फिर्ता गरिने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
साउदी पछिल्लो समय कोरोना सङ्क्रमणको दोश्रो लहर फैलिएसँगै थप कडाइ गरिएको छ ।
प्रतिक्रिया