काठमाडौं - आज विहीबार सुनको मूल्य उकालो लागेको छ । मङ्गलबारको तुलनामा आज सुनको भाउ ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९४ हजार २०० मा कारोबार भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
मंगलबार प्रतितोला १ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि १ हजार ५० रुपैयाँमा नै खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया