किन दियो गृह मन्त्रालयले यूएस बंगला विमान दुर्घटनाको गलत तथ्यांक एकै दिन दुई विज्ञप्ति

६ बर्ष अगाडि

काठमाडौं । तथ्य र तथ्यांकको सही जानकारी नलिई गलत तरिकाले विज्ञप्ति जारी गर्दा गृह मन्त्रालय विवादमा परेको छ ।

 

यही सोमबार यूएस बंगला विमान दुर्घटनाको विषयमा गृह मन्त्रालयले मंगलबार दिनभर गलत तथ्यांक सार्वजनिक गरेर चरम लापरवाही गरेको भन्दै आक्रोश बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत गृह मन्त्रालयले गलत तथ्यांक सार्वजनिक गरेको भन्दै आपत्ति जनाएको छ ।

 

प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले गृह मन्त्रालयले हावाको  भराम गृहले गलत तथ्यांक सार्वजनिक गरेको भन्दै पत्रकार सम्मेलनमा नै आपत्ति जनाए ।

 

महानिर्देशक गौतमले मात्रै नभई नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपाने समेत गृह मन्त्रालयबाट गलत तथ्यांक बाहिरिएको भन्दै सच्चाइदिन भन्दै सञ्चार माध्यमलाई फोन गरेका थिए ।

 

भएको के थियो

 

गत सोमबार १४.१८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला विमान दुर्घटनामा पर्यो । विमान दुर्घटनामा परी ४९ जनाको निधन भयो । सो जहाजमा चार चालक दलका सदस्यसहित ६७ यात्रु सवार थिए । यो आधारमा हेर्दा जहाजमा कूल ७१ जना सवार थिए ।

 

गृह मन्त्रालयमा केही दिन पहिले मात्रै आएका उपसचिव झम्क ढकालले मंगलबार दिउँसो लामै विज्ञप्ति जारी गरे । उनले प्राप्त पछिल्लो विवरण भन्दै चालक दलका सदस्यसहित ५१ जनाको निधन भएको विज्ञप्ति प्रकाशित गरे । उनको विज्ञप्तिलाई सबै सञ्चार माध्यमले समाचार सामग्री बनाएर प्रकाशित गरे ।

हेर्नोस ढकालले जारी गरेको विज्ञप्ति

 

जहाज  दुर्घटनामा परी निधन भएका यात्रुको गलत तथ्यांक प्रकाशित गरेर गृह मन्त्रालयले गम्भीर लापरवाही गरेको भन्दै सबैतिर ढकालको आलोचना भयो । प्राधिकरण, उद्धारकार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरीले समेत आपत्ति जनायो ।

चौतर्फी दबाव पछि मंगलबार राती अबेर गृह मन्त्रालयका सहसचिव कृष्णबहादुर राउतले अर्को विज्ञप्ति जारी गरे । उनले दिउँसो प्रकाशित विज्ञप्तिमा अन्यथा भएकाले सच्चाइएको उल्लेख गरे ।

 

जहाज दुर्घटनामा परी चालक दलका सदस्यसहित ४९ जनाको निधन भएको र मृत्यु हुनेमा २२ नेपाली, २६ जना बंगलादेशी नागरिक र एक चिनियाँ नागरिक रहेको हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको राउतको विज्ञप्तिमा उल्लेख छ ।

 

हेर्नोस राउतको विज्ञप्ति  

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले समेत मंगलबार विमानस्थलमा पत्रकार सम्मेलनको क्रममा ४९ जनाको मात्रै मृत्यु भएको तथ्यांक सार्वजनिक गरेका थिए ।

 

नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले पनि  जहाज दुर्घटनामा ४९ जनाको मात्रै मृत्यु भएको बताएका थिए ।

 

उनकाअनुसार दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको र उपचारार्थ घाइते २२ मध्ये दुई जना डिस्चार्ज भएको र बाँकी २० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

हालसम्म प्राप्त विवरणअनुसार काठमाडौँ शिक्षण अस्पतालमा १०, नर्भिक अस्पतालमा पाँच, ग्राण्डी अस्पतालमा चार तथा मेडिसिटी, ओम र न्यूरो अस्पतालमा एक एक जना उपचारार्थ रहेकोमा दुई जना डिस्चार्ज भएको विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

ढकालले रोकेका थिए बादललाई विज्ञप्ति जारी गर्न

तत्कालीन प्रधानमन्त्री प्रचण्डको सचिवालयमा बसेर काम गरेका झम्क ढकाल गृहमन्त्रीमा रामबहादुर थापा नियुक्त भएपनि गृह मन्त्रालय आएका छन् ।

जहाज दुर्घटना लगत्तै गृहमन्त्रालयले सरकारको आधिकारिक जानकारी सार्वजनिक गर्नुपर्नेमा उनै ढकालले गृहमन्त्री थापालाई विज्ञप्ति जारी गर्नु नपर्ने भन्दै रोकेको बताइन्छ ।

 

प्रधानमन्त्री केपी ओलीको तर्फबाट शोक सन्देश आइसकेको छ , हजुर विज्ञप्ति जारी गर्नु पर्दैन भन्दै उनले गृहमन्त्रीलाई सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न रोकेको गृह मन्त्रीको सचिवालयले जनाएको छ ।  गृह मन्त्रालयले यती ठूलो दुर्घटना हुँदा समेत आधिकारिक तथ्यांक नदिएको भन्दै आलोचना भएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया