भोलीबाट उपत्यकामा पसल र डिपार्टमेन्ट स्टोर बन्द, २ सरकारी कम्पनीले उपलब्ध गराउँछ घर–घरमा खाद्यान्न

विहीबार, १३ जेठ २०७८, १४ : ५९

काठमाडौं - भोली देखि काठमाडौं उपत्यकामा एक साताका लागि थप कडाइका साथ निषेधाज्ञा लागू हुँदैछ । भोलीबाट किराना, खाद्यान्न पसलका साथै डिपार्टमेन्टल स्टोरहरू बन्द हुदै छ ।

यसबीचमा सरकारले दुई वटा सरकारी कम्पनीमार्फत् खाद्यान्न उपलब्ध गराउने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाद्यान्न स्थानीय स्तरमै उपलब्ध गराउनेछन् ।

यसका लागि यी दुई कम्पनीले मोबाइल गाडीमार्फत स्थानीय तहको समन्वयमा स्थानीय स्तरमै खाद्यान्न खरिद बिक्रीको व्यवस्था मिलाइएको कार्यालयको भनाइ छ ।

कार्यालयले यस सम्बन्धमा थप जानकारी आवश्यक भएमा र खाद्यान्न सम्बन्धि जुनसुकै समस्या भएमा मोबाइल नम्बरसहित सम्पर्क व्यक्तिको नाम समेत सार्वजनिक गरेको छ ।

विहीबार, १३ जेठ २०७८, १४ : ५९

प्रतिक्रिया