साओमी मि ११ भोलिदेखि नेपाली बजारमा आउँदै, यस्ता छन् मुख्य फिचर

विहीबार, १३ जेठ २०७८, १६ : ३३

काठमाडौं,  साओमीले नेपाली बजारमा बुहप्रतिक्षित मि ११ स्मार्टफोन भोलि सार्वजनिक गर्ने भएको छ । यो फोन स्नापड्रागन ८८८ चिपसेट भएको विश्वकै पहिलो स्मार्टफोनसमेत हो ।

यो फोनमा ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्ट रहेको छ ।

साओमी मि ११ मा ६.८१ इन्च टुके डब्लूक्यूएचडी प्लस १४४० बाई ३२०० रेजोलुसन भएको डिस्प्ले राखिएको छ । जसको रिफ्रेश रेट १२० हर्ज तथा टच स्याम्पलिङ रेट ४८० हर्ज रहेको छ ।

फोनमा पिक ब्राइटनेस १५०० निट्स तथा पोटेक्सनका लागि कर्निङ गोरिल्ला ग्लास भिक्टसको प्रयोग गरिएको छ । मि सिरिजमा फाइभजी सपोर्ट गर्ने क्वालकम स्नापड्रागन ८८८ चिपसेट राखिएको छ ।

फोनमा पावरका लागि ४६०० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसले ५५ वाट वायर्ड फास्ट चार्जिङ तथा ५० वाट वायरलेस फास्ट चार्जिङ र १० वाट रिभर्स चार्जिङ सपोर्ट गर्दछ ।

साओमी मि इलाभेनमा हार्मन तथा कार्डन साउन्ड ट्युनिङका साथै स्टेरियो स्पिकर समेत राखिएको छ । यसमा पछाडि भागमा तीन वटा क्यामेराको सेटअप रहेको छ भने अगाडि भागमा सेल्फीका लागि सिंगल पञ्चहोल क्यामेरा दिइएको छ ।

यसको पछाडि भागमा एफ १.८५ अपार्चर सहितको १०८ मेगापिक्सेलको प्राइमरी सेन्सर रहेको छ । जुन ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) युक्त रहेको छ ।

त्यससँगै फोनमा १३ मेगापिक्सेल अल्ट्रा वाइड एंगल लेन्स र पाँच मेगापिक्सेलको म्याक्रो सेन्सर लगाइएको छ । सेल्फीका पारखीहरुका लागि यसमा २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ ।

फोनमा टाइम फ्रिज, म्याजिक जुम, प्यारलल वर्ल्ड, फ्रिज फ्रेम आदि जस्ता एआई फिचर समेत रहेका छन् । इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र बिल्ट इन हार्ट रेट सेन्सर रहेको यो फोनमा एनएफसी तथा वाईफाई सिक्स ई सपोर्ट समेत रहेको छ ।

विहीबार, १३ जेठ २०७८, १६ : ३३

प्रतिक्रिया