काठमाडौं, निर्माता करण जोहरपछि अभिनेता शाहरुख खानको फिल्मबाट पनि अभिनेता कार्तिक आर्यन बाहिरिएका छन् । शाहरुखको प्रोडक्सन कम्पनी रेड चिलीज इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्म ‘फ्रेडी’ बाट कार्तिक निकालिएका हुन् । यो फिल्ममा उनी अभिनेत्री कटरीना कैफसँग देखिने तयारीमा थिए ।
फिल्म साइन गरेपछि उनले स्क्रिप्ट बदल्न निर्माण टिमलाई दबाब दिएका थिए । तर, फिल्मको स्क्रिप्ट परिवर्तन गर्न शाहरुख तयार भएनन् । बरु, उनले कार्तिकलाई नै फिल्मबाट हटाउने निर्णय गरे ।
कार्तिकले ‘फ्रेडी’ का लागि बुझेको २ करोड रुपैयाँ साइनिङ एमाउन्ट रेड चिलीजलाई फिर्ता गरिसकेका छन् । अब रेड चिलीज कटरीनाको अपोजिटमा एक नयाँ कलाकारको खोजीमा जुटेको छ । कार्तिकले धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’ २० दिनको छायांकनपछि छाडेका थिए । पारिश्रमिक बढाउन र स्क्रिप्ट परिवर्तन गर्न दबाब दिएपछि उनी फिल्मबाट निकालिएको चर्चा छ ।
प्रतिक्रिया