काठमाडौं - नेपाल चेम्वर अफ कमर्सले तोकिएको मापदण्ड पूरा गरी किराना पसल खोल्ने व्यवस्था गर्न सम्वन्धित निकाय समक्ष माग गरेको छ ।
भौतिक दूरी कायम गरी सुरक्षाका सम्पूर्ण मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था गरी साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्थाका लागि सम्वन्धित निकाय समक्ष अनुरोध गरेको हो ।
काठमाडौंका प्रमूख जिल्ला अधिकारीबाट जारी भएको विज्ञप्ति अनुसार किराना पसलल बन्द गर्ने सम्वन्धमा नेपाल चेम्वर अफ कमर्सको ध्यानाकर्षण भएको बताइएको छ ।
किराना पसलहरु बन्द गर्ने व्यवस्थाले दैनिक रुपमा खरीद गरी उपभोग गर्ने न्यून आय भएका सर्वसाधारण उपभोक्ताहरुलाइ यस व्यवस्थाले मर्का पर्ने चेम्वरले जनाएको छ ।
किराना पसलहरुमा खाद्यान्न र किराना सामानको अतिरिक्त दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल बन्द गरिँदा अति आवश्यक उपभोग्य वस्तुहरु सर्वसाधारणलाइ सुलभ आपूर्ति हुन नसक्ने बताइएको छ ।
नेपाल सरकार गृह मन्त्रालय काठमाडौंका प्रमूख जिल्ला अधिकारीबाट नयाँ भेरियण्टको कोभिड १९ महामारीको संक्रमण तीव्र रुपमा बढि रहेकोले संक्रमणको जालो तोड्न भन्दै जेठ १४ गते आजबाट सम्पूर्ण किराना पसल बन्द गर्ने निर्णय गरेको थियो ।
आजबाट तरकारी ९साग–सब्जी० फलफूल, दूध, मासु र ग्यासको पसल भने बिहान ९ बजेसम्म मात्र खोल्न पाइनेछ ।
प्रतिक्रिया