कोरोेनाका कारण बन्द भएको साउदीस्थित नेपाली दूतावास आइतबारदेखि खुल्ने

शुक्रबार, १४ जेठ २०७८, ०८ : २५

काठमाडौं - साउदी अरबस्थित नेपाली दूतावास आगामी आइतबारदेखि आँशिकरुपमा सञ्चालनमा आउने भएको छ । फ्रन्ट डेस्कमा काम गर्ने दूतावासका केही कर्मचारीमा कोरोना संक्रमण भएपछि बन्द रहेको दूतावास आइतबारदेखि खुला गर्ने भएकोे होे ।

दूतावास बन्द रहँदा नेपालबाट बनेर पठाइएको राहदानी वितरण लगायतका काम रोकिँदा कामदारलाई समस्या परेको छ । मागपत्र प्रमाणीकरण लगायत दूतावासबाट प्रदान गरिने अन्य सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगन यथावत रहेको भन्दै दूतावासले सार्वजनिक बिदाको दिनबाहेक राहदानी नवीकरणको काम हुने बताएको छ ।

कोरोना संक्रमणको बढ्दो अवस्थाका कारण राहदानी संकलन रोकिएको भन्दै दूतावासले राहदानी नवीकरण गर्न दूतावासमै आउनुपर्ने बताएको छ । 

साउदी अरबमा धेरै अगाडिदेखि रोजगारदाताहरुले पेश गरेका ठूलो संख्याका मागपत्र प्रमाणीकरणको काम बाँकी रहेको तर दूतावासले पहल नगरेको वैदेशिक रोजगार व्यवसायीहरुको गुनासो छ ।

शुक्रबार, १४ जेठ २०७८, ०८ : २५

प्रतिक्रिया