काठमाडौं - वैदेशिक रोजगार विभागले कोरोना महामारीको कारण भौतिक रूपमा उपस्थित भएर दिने सेवाहरू बन्द गरेको छ ।
तर यो महामारीबाट बच्दै आफू रहेकै ठाउँबाट अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सकिन्छ । पछिल्लो समय वैदेशिक रोजगार कल्याणकारी कोषमा र बिमाबापत तिर्नुपर्ने रकम अनलाइनमार्फत नै तिर्ने व्यवस्था गरेपछि वैदेशिक रोजगार कार्यालयमा नगई अनलाइनमार्फत नै विदेशबाट पनि पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको छ ।
यस्तो रकम इसेवाबाट पनि सजिलै तिर्न सकिन्छ । रकम तिर्नका लागि बैंक तथा सम्बन्धित कार्यालय धाउन पर्दैन । अहिलेको लागि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सन नेपाल लाइफ इन्स्योरेन्सले अनलाइनबाटै म्यादी जीवन बिमा गरिरहेको छ ।
प्रतिक्रिया