काठमाडौं,बलिउड अभिनेत्री मनीषा कोइरालाले पनि कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री विरगञ्जको नारायणी अस्पताललाई उपलब्ध गराएकी छन् । उनले चार थान भेन्टिलेटर, सय थान पीपीई, फेस सिल्ड र मास्क अस्पताललाई प्रदान गरेकी हुन् । जोखिमको समयमा स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा अस्पताल प्रशासनले उनलाई धन्यवाद दिएको छ ।
अभिनेत्री कोइराला गत वर्षको लकडाउनदेखि नेपालमै छिन् । नेपाल सरकारले जारी गरेको नयाँ नक्साको समर्थन गरेपछि भारतमा उनको निकै आलोचना भएको थियो । भारतीय मिडियाले उनीमाथि तुच्छ शैलीमा गाली गलौज गरेका थिए । त्यसै बेला उनी भारतको मुम्बईबाट नेपाल आएकी थिइन् । यसपछि उनी न भारत फर्किइन् न त बलिउड फिल्ममा नै काम गरेकी छन् ।
‘बम्बे, १९४२ स् अ लव स्टोर, दिल से’ जस्ता एकसेएक उम्दा फिल्ममा आफ्नो अभिनयको जादु छरेकी मनीषाको फिल्म करिअरको सुरुवात सन् १९८९ मा रिलिज भएको नेपाली फिल्म ‘फेरि भेटौंला’ बाट भएको थियो । सन् १९९१ मा रिलिज भएको सुभाष घई निर्देशित फिल्म ‘सौदागर’ बाट अभिनेत्रीको रुपमा बलिउडमा डेब्यू गरेकी उनी ९० को दशकमा करिअरको उत्कर्षमा थिइन् ।
प्रतिक्रिया