फेसबुक र इन्स्टाग्राममा नयाँ फिचर : अब  पोस्टमा ‘लाइक्स्’ हाइड गर्ने विकल्प

शुक्रबार, १४ जेठ २०७८, १७ : ४०

काठमाडौं । फेसबुक र इन्स्टाग्रामले अब  पोस्टमा ‘लाइक्स्’ हाइड गर्ने विकल्प दिने भएका छन् । यी दुई लोकप्रिय सोसल मिडिया एपले यो फिचर सार्वजनिक गर्ने तयारी गरेका छन् । यसअन्तर्गत आफ्ना पोस्टमा लाइक लुकाउने वा देखाउने विकल्प प्रयोगकर्तासामु हुन्छ ।

यसअघि सन् २०१९ मा फेसबुकले यी दुवै प्लेटफर्ममा लाइक नदेखिने बनाउन लागेको जनाएको थियो । 

 नयाँ फिचरको रूपमा अब प्रयोगकर्ताले आफैंले पोष्टमा लाइकको संख्या देखाउनेरनदेखाउने विकल्प पाउने भएका छन् । यसअन्तर्गत प्रयोगकर्ताले आफ्नो निश्चित पोष्ट वा सबै पोस्टमा लाइकको संख्या देखाउन वा नदेखाउन विकल्प पाउँछन् ।

शुक्रबार, १४ जेठ २०७८, १७ : ४०

प्रतिक्रिया