गायक दीप श्रेष्ठ अस्पताल भर्ना

शनिबार, १५ जेठ २०७८, ०८ : ५६

बरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमित भएपछि श्रेष्ठ उपचारका लागि धुम्बाराहिस्थित ह्याम्स अस्पतालमा भर्ना भएका हुन् ।

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोच समेत रहेका श्रेष्ठ अस्पताल भर्ना भएको शोका निर्माता तथा उद्घोषक सुशिल नेपालले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

२ साताअघि कोरोना संक्रमण पुष्टि भएका श्रेष्ठको शरीरमा अक्सिजन लेभल कम देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

महागुरू कोच दिपलाई शिध्र स्वास्थ्य लाभको कामना, भन्दै नेपालले फेसबुकमा लेखेका छन् ‘स्वास्थमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना हुनु भएका हाम्रा कोच दीप श्रेष्ठलाई कोभिड पोजिटिभ देखिएपछि उहाँ अहिले यो रोगसँंग जुधिरहनु भएको छ । सधैं हामीलाई आत्मबल दिने संगीतका जिवन्त धरोहरलाई कोभिडसंग जुध्न सामान्य नै हुनेछ भन्नेमा हामीलाई पुणर् विश्वास छ ।’

शनिबार, १५ जेठ २०७८, ०८ : ५६

प्रतिक्रिया