काठमाडौं - चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वैदेशिक रोजगारीमा गएका ५ सय ४५ नेपाली कामदारको मृत्यु भएको छ । आर्थिक सर्वेक्षणका अनुसार त्यसमा पुरुषको संख्या ५ सय ३४ रहेको छ भने महिलाको संख्या ११ रहेको छ ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ८ सय ८१ जना मृतकको परिवारलाई क्षतिपूर्ति वापत ४८ हरोड २६ लाख रुपैयाँ प्रदान गरिएको छ ।
वैदेशिक रोजगारीको क्रममा मृत्यु हुने कामदारको नजिकको हकदारलाई वैदेशिक रोजगार बोर्डले सहायता स्वरुप ७ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।
बोर्डले विदेशमा अलपत्र परेका मध्ये २ सय १७ जना कामदारलाई श्रमिक कल्याणकारी कोषको रकमबाट उद्धार गरेको छ ।
प्रतिक्रिया