काठमाडौं - चर्चित नेपाली मोडल अनिता लिम्बू बेलायतको बहुचर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो ‘सिक्रेट क्रस’मा पुगेकी छिन् ।
सामाजिक सञ्जाल इन्टग्राममा उनको कौशल देखेर आयोजक टिमले नै उनलाई रियालिटी शो मा भाग लिन आग्रह गरेका थिए । योे सँगै उनी अडिसनमा सहभागि हुँदै ‘शो’मा सहभागि हुन पुगेकी हुन् ।
उक्त रियालिटी शो आई टिभी टू च्यानलमार्फत विहिबार प्रशारण भएको छ । आई टिभी हब मार्फत उक्त कार्यक्रम जुनसुकै समयमा पनि हेर्न सकिनेछ ।
नेपालको ताप्लेजुङ जिल्लामा जन्म भइ इटहरी नगरपालिकाको तरहरामा हुर्केकी उनले कक्षा १२ को विज्ञान विषयमा अध्ययन सकेर अध्ययनको शिलशिलामा यूके पुगेकी हुन् ।
उनले बेलायतमा ब्यूटी थेरापी सम्बन्धी अध्ययन पूरा गरिसकेकी छिन् । बर्हिगमको एक फेशन शोबाट मोडलिङ शुरू गरेकी उनले अक्सफोर्ड फेशन विक र लण्डन फेशन शो मा पनि भाग लिइसकेकी छिन् ।
प्रतिक्रिया