७ हजार ६ सय बढि सवारीमा इम्बोस्डट नम्बर प्लेट जडान

शनिबार, १५ जेठ २०७८, १४ : ३३

काठमाडौैं - चालु आर्थिक वर्षको फागुनसम्ममा ७ हजार ६ सय ९४ सवारीमा इम्बोस्डट नम्बर प्लेट जडान भएको छ । 

सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा २०७७ फागुनसम्म ७ हजार ६ सय ९४ सवारीमा इम्बोस्डट नम्बर प्लेट जडान भएको उल्लेख गरिएको छ । 

सवारी साधनको दर्ता प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन शुरूवात गरिएको सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्ने कार्य केही समय रोकिएकोमा चालु आर्थिक वर्षमा पुनः शुरू भएको हो । 

शनिबार, १५ जेठ २०७८, १४ : ३३

प्रतिक्रिया