काठमाडौं - कोरोना संक्रमणले सबैजना घरभित्र बसिरहँदा इन्टरनेट उपभोगमा वृद्धि भइरहेको छ । व्यक्तिगत खपतदेखि कार्यालय र अनलाइन कक्षा सञ्चालनले इन्टरनेट खपत बढेको हो ।
कोरोना संक्रमणको दोस्रो लहरपछि नेपाल टेलिकमको इन्टरनेट खपत ३० प्रतिशतले वृद्धि भएको हो । टेलिकमका अनुसार कोरोना संक्रमणको दोस्रो लहरपछि डेटा खपत ३० प्रतिशतले वृद्धि भएको छ ।
सरकारले वैशाख १६ देखि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।
प्रतिक्रिया