नेपाल टेलिकमका ग्राहकलाई २२ प्रतिशत सेयर

आइतबार, १६ जेठ २०७८, ०७ : ०२

काठमाडौं - सरकाले नेपाल टेलिकमको सेवा उपयोग गर्नेहरुलाई २२ प्रतिशत सेयर वितरण गर्ने भएको छ । 

कम्पनीको हाल कायम चुत्ता पुँजीको २२ प्रतिशत सेयर कम्पनीको सिम, ल्यान्डलाईन फोन वा इन्टरनेटका प्राकृतिक ग्राहकहरुलाई मात्र बिक्रि गरिने छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २०७८ पुस मसान्त सम्म कायम ग्राहकहरु पनि सेयर खरिद प्रक्रियामा सहभागि हुन सक्ने घोषणा गरेका गरिएको छ ।

कम्पनीको सेयर बिक्रिको बिस्तृत प्रक्रिया र मूल्यको विवरण असोज मसान्त सम्म तय गरिने जनाइएको छ । 

आइतबार, १६ जेठ २०७८, ०७ : ०२

प्रतिक्रिया