इन्डियन प्रिमियर लिगका बाँकी खेल यूएईमा हुने

आइतबार, १६ जेठ २०७८, ०७ : ३५

इन्डियन प्रिमियर लिग (आईपीएल) को बाँकी खेल यूएईमा हुने भएको छ। कोरोना माहामारीका कारण खेलाडीमा कोरोना संक्रमण बढ्दै गएपछि आईपीएल २०२१ संस्करणका स्थगित गरीएका  खेलहरु यूएईमा हुने भएको हो । 

शनिबार भारतीय क्रिकेट बोर्डले एक सूचना जारी  गर्दै कोरोना महामारीका कारण रोकिएका बाँकी खेल सेप्टेम्बर र अक्टोबरबीच यूएईमा सञ्चालन गर्ने बताएको हो।  

प्रतियोगिता गत मे ४ मा रोकिएको थियो। आईपीएलमा अब ३१ खेल बाँकी रहेका छन्।

आइतबार, १६ जेठ २०७८, ०७ : ३५

प्रतिक्रिया