रक्सीको भाउ बढ्यो (मूल्य सहित )

आइतबार, १६ जेठ २०७८, ०७ : ५४

सरकारले मदिराजन्य उत्पादनमा अन्तःशुल्क बढाएका छन् । अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत वियर, ह्वीस्की, वाइन र चुरोटमा अन्तःशुल्क बढाएका हुन् ।

वियरमा  प्रतिलिटर १६८ रुपैयाँ लाग्दै आएको शुल्क प्रतिलिटर १९८ रुपैयाँ हुने भएको छ । वाइनको शुल्क प्रतिलिटर १६५ रुपैयाँबाट बढेर १९८ रुपैयाँ  पुगेको छ । 

यस्तै  १५ युपीको मदिराको शुल्क लिटरमा १ हजार ५९२ रुपैयाँ,  २५ युपीको मदिराको शुल्क प्रतिलिटर १ हजार ११८ रुपैयाँ, ३० युपीको मदिराको अन्तःशुल्क ९२० रुपैयाँबाट १ हजार १०५ रुपैयाँ पुगेको छ । 

यी बाहेक प्रतिलिटर १ हजार ३२५  रुपैयाँ अन्तःशुल्क लाग्दै आएका अन्य प्रकारका मदिराको मुल्य १ हजार ५९२ रुपैयाँ पुगेको छ । 

बजेटले अन्तःशुल्कमा गरेको वृद्धिसँगै वियर प्रति बोतल ५० रुपैयाँ र  विदेशी रक्सीको भाउ बोतलमै ५ सय सम्मले बढ्न सक्ने अनुमान छ ।स्वदेशी उत्पादन रुस्लान भोड्का र ८८४८ भोड्काको भाउ लिटरमा ३ सयले बढ्ने देखिएको छ । 

आइतबार, १६ जेठ २०७८, ०७ : ५४

प्रतिक्रिया