काठमाडौँ - सरकारले सबै कर्मचारीको तलब २ हजार रुपैयाँ बढाएको छ ।
बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले तलबमानमा अपेक्षा गरे अनुसार वृद्धि गर्ने अनुकुल परिस्थिति नभए पनि मनोबल उच्च बनाउन सबै कर्मचारीको तलब २ हजार रुपैयाँले बढाएको बताएका छन् ।
बढेको तलब २०७८ साउन १ गतेदेखि लागू हुनेछ । बढेको तलब अनुसार अब मुख्यसचिवको ६७ हजार १४० रुपैयाँ पुगेको छ ।
यस्तै सचिवको ६२ हजार ६८०, सहसचिवको ४९ हजार ३८०, उपसचिवको ४२ हजार ३८०, अधिकृतको ३७ हजार ९९०, सुब्बाको ३० हजार २००, खरिदारको २८ हजार ६१० र कार्यालय सहयोगीको २४ हजार १० पुगेको छ ।
प्रतिक्रिया