काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार तुलनामा आज २०० रुपैयाँले सुन मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार हुने भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
शुक्रबार प्रतितोला १ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया