काठमाडौं - ‘पोको एम थ्री’ नेपाली बजारमा भोलि सार्वजनिक हुने भएको छ । साओमी नेपालले पोको एम सिरिजअन्तर्गतको यो सस्तो फोन सार्वजनिक गर्न लागेको हो ।
फोनमा क्वालकमको स्न्यापड्रागन ६६२ चिपसेट, ४८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित ४ वटा क्यामेरा र ६.५३ इन्चको आईपीएस डिस्प्ले छ । त्यस्तै यसमा शक्तिशाली ६ हजार एमएएचको ब्याट्री छ, जसले १८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ ।
साथै नेपाली यसको मूल्य थाहा पाउन भोलिसम्म कुर्नै पर्ने भएको छ । छिमेकी देश भारतमा यो फोनको ६ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य १० हजार ९९९ भारू रहेको छ ।
प्रतिक्रिया