काठमाडौं, अभिनेता सलमान खान र समीक्षक कमाल आर खान .केआरके) बीचको विवाद साम्य हुने छाँटकाँट देखिएको छैन । फिल्म ‘राधे’ को नराम्रो समीक्षा गरेको भन्दै केही दिनअघि सलमानको लिगल टिमले केआरकेविरुद्ध मानहानीको मुद्धा हालेको थियो । तर, शुक्रवार केआरकेले आफ्नो यूट्युबमा एउटा भिडियो अपलोड गर्दै सलमान खानसँग कुनै हालतमा माफी नमाग्ने बताएका छन् ।
सलमान खानका वकिलको टिमप्रति लक्षित गर्दै उनले भनेका छन्, ‘केही मिडियामा यस्ता खबर छापिएका छन् कि मैले सलमान खानसँग माफी मागेँ रे । तर, यस्तो केही होइन । जब मैले केही गलत गरेको छैन भने माफी किन माग्नु ? मैले आफ्नो काम इमान्दारीपूर्वक गरेको छु । मलाई वकिलमाथि भरोसा छ र उनीहरु मेरो लागि केस जितेरै आउनेछन् । जित सधैं सत्यको हुन्छ ।’
त्यस्तै, केआरकेले ट्विटरमा लेखेका छन्, ‘२० भन्दा बढी बलिउडका व्यक्तिले फोन गरेर मलाई सपोर्ट गरेका छन् । मैले जे गरेँ त्यो अरुले गर्न सक्दैन भनेर हौसला दिएका छन् । किनकि, सलमानसँग दुश्मनी लिन कोही तयार हुँदैनन् । सलमानलाई दुश्मन बनाउन सबै डराउँछन् । मलाई सपोर्ट गर्ने सबैलाई धन्यवाद ।’ केआरकेले ‘राधे’ को आलोचना गर्न कुनै कसर छाडेका थिएनन् ।
प्रतिक्रिया