कोरोनाको नक्कली औषधि वेच्ने गिरोह सक्रिय, ३५० जना पक्राउ

सोमबार, १७ जेठ २०७८, ०९ : ०३

एजेन्सी - भारतमा कोरोनाको नक्कली औषधि वेच्ने गिरोह सक्रिय भएको पाइएको छ । कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० जना पक्राउ परेका छन् । 

यो सँगै भारतमा उक्त गिरोहको बारे खुलासा भएको छ । सयौँ घटनाको अनुसन्धान गरेपछि दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको प्रहरी जनाएको छ । 

यी अपराध अत्यन्तै तल्लो स्तरको र मानवताविरोधी भएको भन्दै उनीहरूलाई कडा कारबाहीको माग भएको छ ।

सोमबार, १७ जेठ २०७८, ०९ : ०३

प्रतिक्रिया