काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा आज २०० रुपैयाँले सुन मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार हुने भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
आइतबार प्रतितोला १ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया