काठमाडौं, कोरोना महामारीको बीच पनि बलिउडका ‘सिंघम’ को रुपमा परिचित अजय देवगनले नयाँ घर खरिद गरेका छन् । उनले जुहूमा भारतीय ६० करोडमा घर किनेका हुन् । यो घर अजयको निवासबाटै नजिकको दूरीमा छ ।
अजय देवगनको नयाँ प्रोपर्टी करीब ५३१० वर्गफिटमा फैलिएको छ । एक अंग्रेजी न्यूज वेबसाइटसँग कुराकानी गर्दै अजयका प्रवक्ताले जुहूमा अभिनेता देवगनले नयाँ घर किनेको पुष्टि गरेका हुन् । प्राप्त जानकारी अनुसार, अजय एक वर्षदेखि नयाँ घरको खोजीमा थिए । हाल बसिरहेको घरको रेनोभेसनको काम एक कम्पनीलाई दिएकाले उनी नयाँ घरमा सिफ्ट हुन चाहेका हुन् ।
पछिल्लो पटक फिल्म ‘तान्हाजी’ मा देखिएका उनको ‘सूर्यवंशी, गंगूबाई काठियावाडी, आरआरआर, मैदान, भुज स् द प्राइड अफ इन्यिा, थ्यांक गड र मे डे’ फिल्मको प्रदर्शनको तयारीमा रहेका छन् ।
प्रतिक्रिया