काठमाडौं, विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाले गर्दा नेपालको फिल्म क्षेत्रमा निकै नै असर परेको छ ।
कोरोना महामारीले गर्दा नै अघिल्लो सिजनमा नै नेपालका झण्डै २२ सिनेमा घर कहिल्यै नखुल्ने गरी बन्द भएका थिए ।
कोरोनाको दोस्रो लहर सुरु भएसंगै देशमा निषेधाज्ञा जारी गरियो । त्यसपछि पुनः मनोरञ्जन क्षेत्र ठप्प भयो ।
कोरोनाका कारण १ वर्षभन्दा लामो समयदेखि बन्द रहेका सिनेमा हल बन्द हुने अवस्थामा पुगेका छन ।
बन्द हुने अवस्थामा रहेका करिब ३०–४० सिनेमा हलको लगानी पूर्णरुपमा जोखिममा रहेको छ ।
कोरोना काल अघि देशभर १९५ सिनेमा हल सञ्चालनमा थिए । सबै हलमा गरेर १२ अर्ब बराबरको लगानी रहेको थियो ।
प्रतिक्रिया