काठमाडौं, साओमीले २०० वाट क्षमता भएको चार्जरको प्रदर्शनी गरेको छ । कम्पनीले यो चार्जरबाट ८ मिनेटमै ब्याट्री फुल भएको देखाइएको छ । साथै कम्पनीले १२० वाटको वायरलेस चार्जर पनि ल्याएको छ ।
४ हजार एमएएच ब्याट्री क्षमता भएको साओमी मि ११ प्रो स्मार्टफोनमा यी चार्जरको परीक्षण गरिएको थियो ।
यसअन्तर्गत वायर्ड चार्जरबाट ८ मिनेटमै ब्याट्री फुल भएको थियो भने वायरलेस चार्जरबाट १५ मिनेटमा फुल चार्ज भएको थियो । १० प्रतिशत चार्ज हुन वायर्ड चार्जरबाट ४४ सेकेण्ड लागेको थियो भने वायरलेस चार्जरबाट एक मिनेट समय लागेको थियो ।
व्यवसायिक रूपमा यो चार्जर बजारमा ल्याउनेबारे हाल कम्पनीले कुनै जानकारी दिएको छैन ।
प्रतिक्रिया