बलिउड अभिनेता अक्षय कुमार र नायिका मानुषी छिल्लरको मुख्य भूमिका रहेको फिल्म ‘पृथ्वीराज’ निर्माण नसकिदै फिल्मको नाम परिवर्तन गर्न चेतावनी आएको हो ।
उनलाई यो फिल्मको नाम परिवर्तन गर्न भारतका करणी सेनाले चेतावनी दिएको छ । फिल्मको नाम परिवर्तन नभएको खण्डमा निर्माणपक्षले ठूलो क्षती ब्यहोर्नुपर्ने करणी सेनाले चेतावनी दिएको हो ।
यशराजको ब्यानरमा निर्माण भइरहेको फिल्म राजा राजपुत पृथ्वीराज चौहानको जीवनीमा आधारित रहेर निर्माण भैरहेको हो ।
राजपुत संगठन करणी सेनाका यूवा विंग अध्यक्ष तथा चलचित्र मेकर सुरजित सिंह राठौरले भारतीय मिडियासँगको कुराकानीमा जब फिल्म महान राज पृथ्वीराज चौहानको जीवनमा आधारित छ भने किन यसको टाइटल पृथ्वीराज मात्र राखिएको ? हामी चाहन्छौं कि फिल्मको टाइटलमा उनको पुरा नाम समावेश गरियोस् र उनलाई सम्मान दिइयोस् ।’
यस्तै, करणी सेनाले फिल्मको रिलिज अगाडि विशेष शोको आयोजना गरेर आफूहरुलाई चलचित्र देखाउनु पर्ने माग पनि गरेको छ ।
प्रतिक्रिया