वैदेशिक रोजगारमा गएका नेपाली आक्रोशित

बुधबार, १९ जेठ २०७८, ०८ : ५४

काठमाडौं - वैदेशिक रोजगारमा गएका नेपालीहरु आक्रोशित हुन थालेका छन् । समस्यामा पर्दासमेत स्वदेश फर्किने उडान नपाएपछि उनीहरु आक्रोशित बनेका हुन् । 

नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले तीन अन्तर्राष्ट्रिय गन्तव्यमा उडानको अनुमति पाएका भएपनि ठूलो संख्यामा नेपाली कामदार रहेका खाडी तथा मलेसियाबाट हुने उडानले अनुमति नपाएपछि कामदारहरु आक्रोशित भएका छन् । 

सरकारले कोरोना भाइरसको संक्रमण बढेपछि अन्तर्राष्ट्रिय उडान एक महिनायता रोकेको छ । वैदेशिक रोजगारीमा जाने तथा फर्किने कामदारका लागि नियमित उडान शुरु गर्नुपर्ने कामदार, वैदेशिक रोजगार व्यवसायी, निजी क्षेत्रका पर्यटन व्यवसायी, नेपाली राजदूत लगायतको चर्को माग भएपनि सरकारले कामदार कम रहेका या कामदारले खासै प्रयोग नगर्ने भारतमा दुई र अन्य तीन मुलुकमा दश वटा नियमित उडान भर्न पाउने अनुमति दिएको छ ।

अन्तर्राष्ट्रिय उडान रोकिँदा करार अवधि सकिएका, कैद भुक्तान गरेका, आममाफी पाएका, गर्भवती र सुत्केरी अवस्थामा रहेका कामदारहरु स्वदेश फर्किने बाध्यतामा रहेका र घरेलु श्रमिक, गर्भवती, रोजगारी र आम्दानी गुमाएका, सूचनामा पहुँच नभएका श्रमिकहरू थप जोखिममा रहेका भएपनि सरकारले त्यसतर्फ ध्यान नदिएको कामदार र नेपाली नियोगहरुको गुनासो बढेको छ ।

बुधबार, १९ जेठ २०७८, ०८ : ५४

प्रतिक्रिया