काठमाडौं - मलेसियामा सोमबारबाट दोश्रो चरणको लकडाउन शुरु भएको छ । एक महिनाअघि नै स्वदेश फर्किने तयारीमा टिकट लिएर बसेका करार अवधि सकिएका कामदारको समस्या बढेको छ ।
क्वालालम्पुरस्थित नेपाली दूतावासले स्वदेश फर्किने अवस्थामा रहेका कामदारहरुले चाँडो फर्किने उडानको व्यवस्था गर्न दबाब दिइहरेको जनाएको छ । अन्तर्राष्ट्रिय हवाइ उडान चाँडो भन्दा चाँडो खुलाउनका लागि निरन्तररुपमा परराष्ट्र मन्त्रालयमा आग्रह भइरहेको पनि जनाएको छ ।
यता सरकारले वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका कामदार ५ दिन मात्र होटेल क्वारेन्टिनमा बसे पुग्ने नयाँ मापदण्ड बनाएको छ । नेपाल आउँदा उनीहरुले ७२ घण्टा यताको कोरोना नेगेटिभ रिपोर्ट देखाउनु पर्ने छ ।
होटेल क्वारेन्टिनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि उनीहरुलाई थप १० दिन होम क्वारेन्टिनमा बस्ने शर्त गराई राजधानीबाट जान दिइने छ ।
दीर्घरोगी, शारीरिकरुपमा अशक्त कामदार र अन्य यात्रुहरुले स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टिनमा बस्ने गरी सोझै घर जान पाउने बताइएको छ ।
प्रतिक्रिया