४० करोड बजेटमा बनेकोे ‘भूत पुलिस’ ओटीटीमा रिलिज हुने

बुधबार, १९ जेठ २०७८, १२ : ४९

एजेन्सी - बलिउडमा कम बजेटमा बनेका चलचित्रहरु धमाधम ओटीटीमा रिलिज भैरहेका छन् । यसैविच, चलचित्र ‘भूत पुलिस’ पनि ओटीटीमा रिलिज हुने भएको छ । 

हट स्टारबाट रिलिज हुन लागेको यो चलचित्रलाई महंगो रकममा खरिद गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रमा सैफअली खान, अर्जुन कपुर, ज्याकलिन फर्नान्डेज र यमी गौतमको मुख्य भूमिका छ ।

रमेश तौरानीको निर्माणमा बनेको यो चलचित्रलाई स्टार नेटवर्कले खरिद गरेको हो । यो चलचित्रको बजेट ४० करोड रहेको बताइएको छ । यसैले, निर्माताले चलचित्रबाट २० करोड कमाई गरेका छन् । 

यस्तै, चलचित्रको म्यूजिक राइट्सबाट पनि केही रकम निर्मातालाई प्राप्त हुने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

बुधबार, १९ जेठ २०७८, १२ : ४९

प्रतिक्रिया