काठमाडौं - पछिल्लो ८ वर्षमा वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु हुनेका परिवाररआफन्तलाई २ अर्ब ५४ करोड ९६ लाख रुपैयाँ आर्थिक सहयाता प्रदान गरिएको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले उक्त सहयाता प्रदान गरेकोे हो । उक्त अवधिमा वैदेशिक राजगारीका क्रममा मृत्यु भएका ६ हजार २३६ जनाको परिवारलाई उक्त रकम उपलब्ध गरिएको बोर्ड जनाएकोे छ ।
बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु हुने कामदारको नजिकको हकदारलाई आर्थिक सहायता स्वरुप ७ लाख उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया