एक महिनामा डेढ करोडले गुमाए रोजगारी

बुधबार, १९ जेठ २०७८, १४ : ३८

एजेन्सी - भारतमा मे महिनामा डेढ करोडले रोजगारी गुमाएका छन् । 

सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमीका अनुसार मेको अन्तिम साता सहरी बेरोजगारीदर १८ प्रतिशत पुगेको छ । कोरोना संक्रमणको दोस्रो लहरबाट अप्रिल र मेको बीचमा दैनिक ज्यालादारीमा काम गर्ने सबैभन्दा बढी प्रभावित भएका छन् । 

अप्रिलमा ३९.०८ करोडको हातमा यस्तो रोजगारी थियो । तर मे महिनामा त्यो घटेर ३७.५५ करोडमा पुगेकोे हो।

बुधबार, १९ जेठ २०७८, १४ : ३८

प्रतिक्रिया