उपत्यकाबाट बाहिरिन चाहने उद्योगका लागि तीन प्रकारको सुविधा, कस्तो कस्तो ?

विहीबार, २० जेठ २०७८, ०७ : २५

काठमाडौं - सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत काठमाडौं उपत्यकाबाट बाहिरिन चाहने उद्योगका लागि बम्पर छुट तथा सुविधाको घोषणा गरेको छ ।

आफूलाई पायक पर्ने स्थानमा काठमाडौंबाट बाहिरिन चाहने उद्योगले आजैबाट प्रक्रिया सुरु गर्न सक्ने उद्योग मन्त्रालयले जनाएको छ । उद्योगको उत्पादन क्षमता, आकार वा लगानीका आधारमा यो सुविधामा फरक नपर्ने मन्त्रालयले जनाएको छ । 

औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगले पनि स्थानान्तरण चाहे सुविधा प्रदान गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंबाट बाहिरिन चाहने उद्योगले पाउने सुविधा तीन प्रकारका छन् । 

उद्योगलाई महँगो जग्गा किन्न बोझ नथपियोस् भने र १० वर्षका लागि निःशुल्क जग्गा उपलब्ध गराउने यो कार्यक्रमको पहिलो सुविधा हो । यसबाट उद्योग स्थापनामा सबैभन्दा महँगो र जटिल बन्दै गएको जग्गाको जोड जाममा उद्योगहरूलाई सहज हुने मन्त्रालयको विश्वास छ । 

यस्तै त्यसरी जाने उद्योगहरूले उद्योगका लागि पैठारी गर्ने मिल मेसिनरी र सोको पार्टपुर्जामा एक प्रतिशत मात्रै भन्सार महसुल लाग्ने छ । स्थानान्तरण पछि सञ्चालनमा आएको पाँच वर्षसम्म ती उद्योगहरूको विद्युत डिमान्ड शुल्कमा शतप्रतिशत छुट दिइने पनि मन्त्रालयले जनाएको छ ।

विहीबार, २० जेठ २०७८, ०७ : २५

प्रतिक्रिया